काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको हो ।
महानगरले पटक–पटक सूचना जारी गरी कवाडी केन्द्रहरू हटाउन निर्देशन दिएको थियो । तर, सञ्चालकहरूले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना र गतिविधिमा कडाइ गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
पलेशालाई काठमाडौं महानगरसम्मानको ५ लाखसहित सम्मान