काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगन्ज कारागारको जीर्णोद्धारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णोद्धार गर्नुपर्ने स्पष्ट पारे । वीरगन्ज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव
खानेपानीमन्त्री यादवले सय दिनमा के-के गरे ? यस्ता छन् कार्यप्रगतिको विवरण
दसैँको समयमा फोन अफ नगर्नु होला : मन्त्री यादव
मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनः स्थापना गर्न निर्देशन