काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले भने,‘बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन ।'
ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति नरहेको उनको भनाइ छ । ‘यसतर्फ सरकारले के हेरेर बसेको छ ? यो सरकार कसका निम्ति बनेको हो ?,’ गिरीको प्रश्न छ ।पैसा नभएको बहानामा कृषि मल वृद्धि गर्न लागेको र किसानलाई गुमराहमा राखेको उनले बताए । सरकारका मान्छे बिचौलियासँग जोडिएकाले कृषि उपजले उचित मूल्य नपाएको उनको दाबी छ ।
उनले अर्थतन्त्रको अवस्था बिग्रिएको भनेर उपप्रधानमन्त्रीले बाहिर बोलेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले संसद्मा किन नबोलेको भन्ने प्रश्न गरे । प्रधानमन्त्रीले समस्या समाधानका निम्ति केके विकल्प सोचिरहेका छन् भन्दै संसदमा जानकारी गराउनुपर्ने उनले बताए । यस्तै गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिनमा २१ वटा मात्रै बैठक बसेकोमा सरकारको ध्यानाकर्षण गराए ।
‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिरहेका छैनौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ