काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।
हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकप्टर डाक्टर लिएर विरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।
हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान
हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी