अमेरिका । अमेरिकामा विमान दुर्घटनाको शृङ्खला जारी छ । मिसिसिपीमा एउटा हेलिकप्टर दुर्घटनामा परेको खबर छ । सोमबार मेडिकल ट्रान्सपोर्ट हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक जना पाइलट र अस्पतालका दुई कर्मचारीको मृत्यु भएको हो ।
मिसिसिपी मेडिकल सेन्टर विश्वविद्यालयका प्रवक्ताले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन् । म्याडिसन काउन्टीमा दुर्घटना हुँदाको समयमा हेलिकप्टरमा कोही पनि बिरामी सवार नरहेको विश्वविद्यालयले पहिलेको एक विज्ञप्तिमा भनेको थियो ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको परिवारलाई जानकारी गराइएको छ । तर गोपनीयताका कारण अधिकारीहरूले उनीहरूको नाम सार्वजनिक गरेका छैनन् । विश्वविद्यालयले दुर्घटनाको कारण बताएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान
हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी