काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् । केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ । प्रचण्डको सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल भएको छ । जसमा पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् भने प्रकाश शरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
यस्तै रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुनेछिन् ।
यस्तै सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् । यस्तै जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् । यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् ।
यस्तै अब्दुल खान खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनेछन् । उनी जनमतबाट यसअघि नै मन्त्री बनेका हुन् । अझै पाँच मन्त्रालय टुंगिन बाँकी
काठमाडौँ । सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ । शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा अझै सहमति हुन नसकेको हो ।
जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ। अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
लामो समय एकै कार्यालयमा बस्नेप्रति मन्त्रालय अनुदार
१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम, शंका नगर्नू :मन्त्रालय