काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमै विरोध जनाइएको छ । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेको र सच्चिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । आईतवारको संसद बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले भने– ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन–कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले भने, ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे । अब हुनत पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुप¥यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्यो ।’
सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय भएको हुनाले बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ