चितवन । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।
जिल्लामा त्रिविका १४ कलेजमा स्ववियुको निर्वाचन हुँदैछ ।भरतपुरका ठुला कलेजहरू सप्तगण्डकी कलेज, वीरेन्द्र भरतपुरमा लगाएको ताला फुटाइदिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकपछि प्रशासनले सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेसम्म ताला खोल्न समय दिएको थियो ।
तोकिएको समयभित्र लगाएको ताला नखोलेपछि प्रहरीले बिहानै सबै कलेजको ताला फुटाएको प्रवक्ता पण्डितले जानकारी दिए । चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि निर्वाचन गर्न भनेको छ ।
ताला प्रहरीले तोडेपछि आज विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारको मनोनयन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित