सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।
मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।
यता, नगर उपप्रमुख पुनम कर्णले शिक्षकहरुको समस्या समाधान चाँडै गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।
कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् ।करिब १५-२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ फागुन २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको प्रदर्शन सकियो
विद्यार्थी भर्ना अभियान प्रचारप्रसारमा हिँडेका शिक्षकको मृत्यु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना