काठमाडौ । विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् ।
विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा शनिबार बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।
शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
घटनापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी
शिक्षकका माग सम्बोधन गर्न गगन थापाले दिए २ विकल्प