काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले न्यायापालिको चुस्तदुरुस्त र पारदर्शी नहुँदा कानुनी मुद्दामा समाज विभाजित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
साथै उनले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको मुद्दा चाँडै टुंग्याउनुपर्ने बताइन् ।‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छाैँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ