काठमाडौं । नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ । समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यबिभाजन, राष्ट्रति निर्वाचनलगायतको बिषयमा बोलाईएको बैठक अन्तिममा स्थगित गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।
जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्बिरोध हुन पुगेकी थिइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय
आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छ: कांग्रेस
कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकारलाई चेतावनी