काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आजै समिति गठन हुने बताए ।
‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने ।
सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए ।
साढे ११ बजेबाट कानुन मन्त्रालयमा कार्यादलको बैठक बसेर छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिने छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय
कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकारलाई चेतावनी