एजेन्सी । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको संकटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ।
देशको संकटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार ९जुन्ता० प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटिभीले जनाएको छ।
म्यान्मारमा दुई वर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ माघ २०७९, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको सेनाले भन्यो– जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने प्रचार अफवाह मात्रै