राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १८ : ०३
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  सुशील ज्ञवाली र अन्जान शाक्य र कुशेन्द्र शाहीलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् ।