काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले शपथ लिएका छन् । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष शिवराज अधिकारी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्रीबाट शपथ लिएसँगै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश प्रसाद सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका थिए ।
यी मध्ये पूर्व सचिव सिंह अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट नियुक्ति लिएर पनि बहाल हुन नसकेका सदस्य हुन् । ओली सरकार आएसँगै गरिएको पहिलो महत्त्वपूर्ण निर्णयमा पनि ‘विवादित छवि’का सिंहले सदस्यको शपथ लिएरै छाडे । अदालतको यौटा निर्णयले उनको गरिसकिएको नियुक्ति रोकिएको थियो
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षसहित सदस्यहरूलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यसचिव अर्यालले दिए राजीनामा
योजना आयोगको सदस्यमा नियुक्त सिंहले एक महिनापछि बुझे पत्र
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
राष्ट्रिय योजना आयोगका चार सदस्यद्वारा राजीनामा
आउँदो वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान