थाईल्याण्ड : गुफामा फसेकाहरूको उद्धारमा खटिएका गोताखोरको मृत्यु

एजेन्सी

शुक्रबार, २२ असार २०७५, १४ : १९
थाईल्याण्ड :  गुफामा फसेकाहरूको उद्धारमा खटिएका गोताखोरको मृत्यु

चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्‍याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ। उनी ३८ वर्षका थिए। एक अधिकारीले भने, "उनी अक्सिजन पुर्‍याउन गएका थिए। उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो।"
 

उद्धार अभियान
उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ। गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ। उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए।

किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन्। -बीबीसी

प्रतिक्रिया दिनुहोस