थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

एजेन्सी

शुक्रबार, २२ असार २०७५, ०८ : ३१
थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

प्रतिकात्मक फोटो

थाइल्याण्ड । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहीबार अपरान्ह् भएको डुङ्गा दुर्घटनामा करिब बीस जना वेपत्ता भएको अधिकारीले जनाएका छन् ।

सूचना दिन आफू आधिकारिक व्यक्ति नभएको बताउदै नाम गोप्य राख्ने शर्तमा एक सुरक्षाकर्मीले भने, “करिब ९० जना यात्रुसहित पर्यटकीय टापू फुकोटबाट यात्रु लिएर हिँडेको डुङ्गा दुर्घटनामा परेका झण्डै आधा यात्रुलाई सकुशल उद्धार गरिसकिएको छ भने केहीलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।”

दुर्घटनामा वेपत्ता २० जना अझैपनि कुनै सम्पर्कमा नआएका अधिकारीले जनाएका र उनीहरूको खोजी जारी रहेको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस