काठमाडौँ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ ।
माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । उसले भौतिक पूर्वाधार लिइसकेको छ । गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद पाएको छ ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । जनमतलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।
ति नेताका अनुुसार संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ । त्यसो भएमा माओवादीले कानुन वा वन मध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ ।
मन्त्रालय भागवण्डा भइसकेको भएपनि सल्लाहमा हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकासे मन्त्रालयकै नतिजा कमजोर
अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
लामो समय एकै कार्यालयमा बस्नेप्रति मन्त्रालय अनुदार