काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।
राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो ।
‘‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक