३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०८१, १६ : २४
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले (अनुचित लेनदेन) मिटरब्याजसम्बन्ध जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस