जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए । यादव सोमबार संसदीय दलका नेतामा चयन भएका थिए ।उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उपेन्द्र यदवको पक्षमा लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण
मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ
मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय