काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
सरकारले विश्वासको मत दिने दिन नजिकिँदै गर्दा सोको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयले यसको तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड