काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । रंगशालालाई उनी प्रधानमन्त्री भएकै बेला राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको थियो ।
अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको आयोजनालाई प्राथमिकता साथ आफूले हेरेको बताए ।
‘म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गर्न म प्रयत्न गर्ने विश्वास दिलाउन चाहन्छु ।
आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड
माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छ : प्रचण्ड
संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : प्रचण्ड
शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन: प्रचण्ड
बल्खुका बाढीपीडितहरूलाई भेट्न पुगे प्रचण्ड
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई