जसपाकाे राजनीतिक समितिको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १० : ०६
जसपाकाे राजनीतिक समितिको बैठक आज पनि बस्दै

काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)काे राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ।

बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसाे १ बजे सुरु हुनेछ।

बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक साेमबारदेखि सुरु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस