गुफाभित्र फसेका किशोरहरू ९ दिनपछि जीवितै फेला

एजेन्सी

मंगलबार, १९ असार २०७५, ०९ : ३८
गुफाभित्र फसेका किशोरहरू ९ दिनपछि जीवितै फेला

थाइल्याण्डमा उद्धारकर्ताहरूले पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन्। ती स्कूले विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए। पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा दुईजना ब्रिटिश गोताखोरहरूसँग उनीहरूको जम्काझेट भएको नाटकीय दृश्य भिडिओ फूटेजमा देखिन्छ।

आह्लादित

फसेकाहरूको उद्धार गर्न लागिएको खबरसँगै उनीहरूको परिवारका सदस्यहरू आह्लादित भएका छन्। गुफामा फसेका किशोरहरूमध्येका एकजनाकी आमाले उनीहरूबारे सुनेर आफू औधी खुशी भएको बताइन्।


उनले भनिन्, "आज सबैभन्दा राम्रो दिन हो। म धेरै दिनदेखि आफ्नो छोरालाई कुरिरहेकी छु। म उसलाई भेट्ने बित्तिकै अङ्गालो मार्नेछु।" गुफामा किशोरहरू जीवितै पाइएपछि अब उनीहरूलाई निकाल्ने चुनौती छ।

कठिन
गुफाको मुखैमा पुगेका बीबीसी संवाददाता जोनाथन हेड भन्छन्, थाइ अधिकारीहरूले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्‍याउने सोच बनाएका छन्।

खुशी

सबैभन्दा पहिला फसेका स्कूले बालकहरूलाई बलियो बनाउन आवश्यक छ। तर पानीको भेल पसेको गुफाभित्रबाट उनीहरूलाई निकाल्ने काम निकै कठिन छ।
उद्धारकर्ताहरूले गोता लगाउने उपकरणको प्रयोगमार्फत फसेकाहरूलाई निकाल्ने या उनीहरूमा शक्ति आएपछि र त्यहाँको पानी तानेपछि मात्रै निकाल्नेबारे अब निर्णय गर्नुपर्ने हुन्छ। हराइरहरेका किशोरहरू र उनीहरूका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरूलाई घण्टौँ लागेको थियो। -बीबीसी

भिडियो
https://www.bbc.com/news/world-asia-44692813
 

https://www.facebook.com/ThaiSEAL/videos/1631228493667210/

प्रतिक्रिया दिनुहोस