इलाम। इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ । आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, १९ : ४९
लेखकबाट थप