नेपाल सुनचाँदी व्यवसायी महासंघले यो सातामा तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बटेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातामा ११ सय रुपैयाँले मूल्य बटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बटेर १ लाख १४ सय रुपैयाँ कायम भएको हो । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन २०० रुपैयाँले सुनको मूल्य बढेको थियो ।
यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २०० र बुधबार ४०० ले बढेको थियो । जुन विहीबार पुनः २०० ले घटेको थियो भने शुक्रबार एकैदिन ५०० रुपैयाँले बढेको थियो । पछिल्लो समय सुनको मूल्य उकालो लागिरहेको छ ।
यस्तै, यो साता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ रहेको जानकारी दिएको थियो । जुन यो साता बढेर तोलामा १३ सय ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
तोलामा १४ सय बढ्यो सुनको मूल्य