कुख्यात गुन्डा जेलबाटै हेलिकोप्टर चढेर फरार !

एजेन्सी

सोमबार, १८ असार २०७५, २० : ०४
कुख्यात गुन्डा जेलबाटै हेलिकोप्टर चढेर फरार !

फ्रान्स । फ्रान्सको राजधानी पेरिसको एउटा जेलबाट कुख्यात गुन्डा नाइके हेलिकोप्टर चढेर भाग्न सफल भएका छन् । फ्रान्सका कुख्यात गुन्डा नाइके रिदुअन फइद हेलिकोप्टर प्रयोग गरी जेलबाट भाग्न सफल भएका हुन् । उनी अत्याधुनिक राइफलसहित आएका तीन जनाको मद्दतबाट जेल ब्रेक गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जेल परिसरमा हेलिकोप्टर पुर्याएर उनी निकै कलात्मक ढंगले बाहिरिन सफल भएका थिए ।

आगन्तुक कक्षमा आफ्नो भाईसँग कुरा गरिरहेका उनलाई अन्य दुईजना राइफलधारीले धूँवा फाल्ने बम र ह्याक्सो ब्लेडको प्रयोग गरी सो क्षेत्रलाई नियनत्रणमा लिएर उनलाई बाहिर निकालेका थिए । हेलिकोप्टरबाट बाहिरिएलगत्तै उनी नजिकैको गोनिसी क्षेत्रमा पुगेर  कारमार्फत फरार भएका थिए ।

हेलिकोप्टरलाई भने त्यही छाडिएको थियो । उक्त हेलिकोप्टरलाई प्रहरीले निइत्रनणमा लिएको छ । त्यसपछि उनी थुप्रै कार परिवर्तन गर्दै फरार भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले त्यसबेला प्रयोग गरेको एउटा कार भने जलेको अवस्थामा भेटिएको थियो ।

४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो। उक्त घटनामा एकजना प्रहरी मारिएका छन्।   
 

प्रतिक्रिया दिनुहोस