झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।
राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।
प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न मत पुग्नेछ । एक मात्र सांसद रहेको जसपाले साथ नदिएमा एमाले वा माओवादीका कोही पनि मुख्यमन्त्री बन्न सक्दैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )
राप्रपाको चियापानमा राज्यका सबै अंगका प्रमुखलाई निम्तो
राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने
उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति
राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै