धनुषामा गोली प्रहार गरि एकजनाका हत्या

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०८ : ४३
धनुषामा गोली प्रहार गरि एकजनाका हत्या

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

अज्ञात समूहले चलाएको गोली लागेर जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुष दासको मृत्यु भएको हो।

घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन्।

गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।