काठमाडौँ । सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गएराति प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताए ।
धनकुटाबाट गाँजा लिएर आउँदै गरेको स्कोर्पियो सहित दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको डीआईजी खापुङले बताए ।
धनकुटाबाट ल्याएको सो गाँजा भारत लैजाने लागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
१५ चैतमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध
प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना