काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले जानकारी दिए ।
प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले बताएका छन् ।
सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिएकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनबाट आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै