काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् ।
यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ पुस २०७९, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : सुनिता डंगोल
हरेक पुस्ताले इतिहासको कदर गर्नुपर्छ : सुनिता डंगोल
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे : सुनिता डंगोल
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना