एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बुधबार वाशिंगटनको यात्रा गर्न सक्ने जनाइएको छ । उनको भ्रमणको अझै पुष्टि भने भएको छैन । सुरक्षाका कारण उनको भ्रमण योजना परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ ।
पञ्चबाउल न्युजले पनि जेलेन्स्कीको पहिलो पटक सम्भावित यात्राको रिपोर्ट गरेको छ । यदि उनले भ्रमण गरेमा फ्रेवुवरी २४ मा रुसी जेलेन्स्कीको युक्रेन बाहिरको पहिलो यात्रा हुनेछ ।
योजनाअनुसार भ्रमण भएमा जेलेन्स्कीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेता र राष्ट्रिय–सुरक्षा समितिका प्रमुखहरूलाई भेट्ने अनुमान गरिएको छ । त्यस्तै उनले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।
रुसले युक्रेनमाथि हमला गरेपछि वासिंगटनले किभलाई आर्थिक तथा सैन्य सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ पुस २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राखे शर्त
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ
जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’