निफको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, २१ : १७
निफको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आठौं राष्ट्रिय महाधिवेशन मंसिर २८ र २९ गते काठमाडौंमा हुने भएको छ ।आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव शान्ति देवानले जानकारी दिइन्।

काठमाडौंको राष्ट्रिय नाचघरमा हुने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी हुने छन् ।

महाधिवेशनमार्फत १ अध्यक्ष, ३ वरिष्ठ उपाध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।त्यसैगरी, अनसन्धन तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् ।

त्यसैगरी, महाधिवेशनले एक कोषाध्यक्ष समेत निर्वाचित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस