बुटवल । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भने- ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’
शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताए । ‘प्राप्त जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ, हामी अहिले सरकारको दौडमा छैनौं’, उनले भने ।
बहुमत ल्याउने उद्देश्यसहित एमाले चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ एमालेको ध्यान नरहेको उनको भनाइ छ । ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण हामी प्रतिपक्षमा बस्छौं’, पौडेलले भने ।
एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै पौडेलले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनना पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिनेदाबी पनि गरे ।
अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको उनकाे भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलहरूको उदयबारे सोधिएको प्रश्नमा नेता पौडेलले उनीहरूको कामबाट परीक्षा हुने टिप्पणी गरे । उनले बुटवल कालिका क्याम्पसले छोटो अवधिमै उल्लेख्य प्रगति गरेकोमा सराहना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बने विष्णु पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित
अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला : विष्णु पौडेल
ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी