काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार) देखि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।
मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।
विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै