काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ ।
बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई—कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ । यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्र्नेेछ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण
हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण
हिमालयन बैंकको शाखा स्थानान्तरण
मोरङको रोडशेष चोकमा हिमालयन बैंकको शाखा
हिमालयन सेक्युरिटिजको कारोबार सुरु
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा