काठमाडौं। हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ ।
सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण गर्ने योजनाअनुसार उक्त शाखालाई रोडशेष चोकमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ्क सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा र बैंकका कोशी प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण
हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन सेक्युरिटिजको कारोबार सुरु
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा