हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

सफल खबर संवाददाता

सोमबार, १५ पुस २०८१, १२ : ४७
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ ।​ सिभिल बैंकलाई प्राप्तिपछि नजिक रहेका भएका शाखालाई स्थानान्तरण गर्ने क्रममा बानेश्वर शाखालाई काठमाडौं महानगरपालिका वडा नम्बर- ३२, कोटेश्वरमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा गरेका हुन् ।

 

 

 

 

हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनलस् र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस