एजेन्सी । फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । यसअघि सन् यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही साबित भएको थियो ।
सन् २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप जितेको थियो । त्यस्तै सन् २०१४ मा जर्मनीले विश्वकप जित्ने अनुमान सहि साबित हुँदा २०१८ मा फ्रान्सले विश्वकप जित्ने सहि साबित भएको थियो ।
इलेक्ट्रोनिक आर्ट्स ९इए० ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको भिडियो गेम हो । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलाई हराउँदै उपाधि जितेको छ । फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी ७ खेलमा ८ गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्ने देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ कार्तिक २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा
ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा
अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित