सुर्खेत । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार सवार गाडी दुर्घटनामा परेको छ । सोमबार प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उमेदवार भीमबहादुर शाही, सुर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर सवार गाडी दुर्घटनामा परेको हो ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । उकालो सडकका कारण गाडी अगाडि बढ्न नसकेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते