एजेन्सी । रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक ९एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतीत गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
ला लिगामा रियलको जीत, बार्सिलोनासँग अंक बराबरी
बार्सिलोनामा नेपालीहरुले भरतपुर भ्रमणको बाँडे निम्तो