स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०८१, ०८ : ०५
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी ।  रियल सोसीडाडलाई ४-० लेहराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो। त्यसको ८ मिनेटपछि नै लामिन यमल र डानी अल्मो मिलेर बनाएको मुभमा गुरार्ड मार्टिनले बार्सिलोनाका लागि गोल गरे।

त्यसको ४ मिनेटपछि अल्मोको सहयोगमा मार्टिनले अर्को गोल गरे। ५६ औँ मिनेटमा अराउजाले अर्को गोल थपे भने अन्तिम गोल रोबर्ट रेडवास्कीले गरे।

अन्य खेलमा लृगानेसले गेटाफेलाई १-० ले हरायो भने मालोर्का र डेपोर्टिभो अल्भासबीच १-१ गोलको बराबरी भयो। यसैगरी, ओसासुना र भ्यालेन्सियाले ३-३ गोलको बराबरी खेलेका छन्।

तालिकामा बार्सिलोना ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ तथा तेस्रो स्थानको रियल म्याड्रिडको ५४ अङ्क छ।

प्रतिक्रिया दिनुहोस