एजेन्सी । एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।
बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।
बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे। खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्यो।
स्पेनिस सुपर कपको दोस्रो सेमिफाइनलमा रियल मड्रिड र रियल मार्लोका भिड्नेछन्। सुपर कपको फाइनल खेल आइतबार हुनेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ पुस २०८१, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
ला लिगामा रियलको जीत, बार्सिलोनासँग अंक बराबरी
बार्सिलोनामा नेपालीहरुले भरतपुर भ्रमणको बाँडे निम्तो