पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए प्लस’ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।
नगर सभाबाट पारित भएको कार्यक्रम नगरको चालू वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
मासिक रूपमा विद्यार्थीहरूलाई २ हजार भत्ता दिन शुरू गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या समेत टर्ने विश्वास रहेको उनले बताए ।
यस्तो भत्ता एसईई पास भएर १२ कक्षाको पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसईईमा ‘ए’ प्लस ल्याएर ११ कक्षामा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरूलाई भने नदिइने नगर प्रमुख जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समयतालिका