एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ ।
संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मेहनत गरिरहेका बेला खान बिरामी परेका छन् ।
खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउने भएका छन् । प्रस्तोताको रूपमा करणलाई खानले नै छानेका हुन् । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।
खान ‘किसी का भाइ किसी का जान’ फिल्मको छायांकन समेत गरिरहेका थिए । उनी अब केही दिन फिल्मको छायांकनबाट समेत टाढा रहने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की