लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।
"अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ," कन्जरभेटिभ पार्टीको १९२२ कमिटिका अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।
प्रधानमन्त्री बनेको ४४ दिनपछि लिज ट्रसले विहिबार राजीनामा गरेपछि कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन गर्ने भएको हो । बेलायतको नयाँ प्रधानमन्त्रीमा पुर्व अर्थमन्त्री ऋषि सुनक सबैभन्दा अगाडी रहेको बताइएको छ । सुनक बाहेक कन्जरभेटिभ पार्टीका सांसदहरुले बोरिस जोनसनलाई फेरी ल्याउनुपर्ने समेत बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ कार्तिक २०७९, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते