लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् ।
यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।
०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । ४ मंसिरको निर्वाचनमा फेरि पनि दुईबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ कार्तिक २०७९, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
चौध करोड लागतमा मनाङमा पुल बन्दै
मनाङमा पहिलो हिमपात
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
‘अचम्मै पो भो ! हिउँ नै परेन’
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन